हुम्लाको चंखेली बोलेरो दुर्घटना हुँदा ५ जना गम्भीर घाइते

बुधबार, भदौ ५, २०८१
honor mob  winter sales

हुम्ला । हुम्ला जिल्लाको दक्षिण भेगको चंखेली गाउँपालिकामा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन्।

Honor x7 pad

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दका अनुसार कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको जिप चंखेली–२ गर्खाबाट देउली बजारतर्फ गइरहेको मुगु सडकको गौरीसल्लामा दुर्घटना भएको छ। चालकसहित सातजना सवार जिप दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएको र दुईजनाको अवस्था सामान्य छ।

चंखेली गाउँपालिकाका ३५ वर्षीय सुरेन्द्र शाही, ५० वर्षीय तिलबहादुर शाही, १५ वर्षीय रविन शाही र मुगुको छायाँनाथ नगरपालिका–१३ का ४० वर्षीय पृथ्वी रावत र रमेश मल्ल गम्भीर घाइते छन्। बाजुरा बुढीनन्दा नगरपालिका–४ का सावरी चालक महेन्द्रविक्रम शाह र चंखेली–२ का मायादेवी शाही सामान्य घाइते भएका छन्।

दुर्घटना हुनासाथ मिमी प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक बालकृष्ण खण्डाको नेतृत्वमा खटिएको सातजनाको टोली घटनास्थलमा पुगेर उनीहरूको उद्धार गरिएको प्रहरी निरीक्षक चन्दले जानकारी दिए। 

गौरीसल्लामा दुर्घटना भएको जिप सोही स्थानको मोडमा मोड्ने क्रममा सडकबाट १५० मिटर तल खसेको प्रहरी निरीक्षक चन्दले जानकारी दिए।  रासस।

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  ११:३९
प्रतिक्रिया दिनुहोस्