पौडी खेल्ने क्रममा बालिकाको खोलामा डुबेर मृत्यु

मंगलबार, भदौ ४, २०८१
Honor 600 pro

टीकापुर। पौडी खेल्न गएकी ८ वर्षीया बालिकाको खोलामा डुबेर मृत्यु भएको छ।

कैलालीको घोडाघोडी नगरपालिका - १० आमखोइयाकी ८ वर्षीया कल्पना रोकायको घरनजिकै रहेको भदेली खोलामा पौडी खेल्दा खोलाले बगाएको प्रहरीले जनाएको छ। 

खोलाले बगाएर बेपत्ता भएकी कल्पनालाई सोमबार दिनभर खोजीकार्य गर्दा साँझ मात्रै उनको शव फेला परेको कैलाली प्रहरीले जानकारी दिएको छ।

 

 

 

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १२:१९
प्रतिक्रिया दिनुहोस्