बझाङमा पहिरोले पुर्दा एकै परिवारका ४ जनाको मृत्यु, ५ को उद्धार
बझाङ । बझाङमा गएको पहिरोमा एकै परिवारका चार जनाको मृत्यु भएको छ।
जिल्लाको बुंगल नगरपालिका-१० स्थित टुमेडामा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको बझाङ प्रहरीले जनाएको छ।
घरमाथिबाट पहिरो जाँदा काली धामी, गोल्की धामी, आसिका धामी र लक्ष्मी धामीको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय र प्रहरीको टोलीले बिहान चारै जनाको शव निकालेको थियो ।
गएराति १ बजे पहिरो खसेर घर पुरिएको थियो । पहिरो जानेबित्तिकै स्थानीयले परिवारका अन्य पाँच जनाको उद्धार गरेका थिए ।
प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१ ०९:४१
प्रतिक्रिया दिनुहोस्