दंंगीशरणमा रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँँदा युवकको मृत्यु

शनिबार, भदौ १, २०८१
honor mob  winter sales

दाङ । दाङको दंगीशरण गाउँपालिकामा एक युवकको  दुर्घटनामा परेर मृत्यु भएको छ । गए राति तुलसीपुर बजारबाट घरतर्फ जाँदै गरेका दंगीशरण-५ का २५ बर्षीय सम्राट गिरीले चलाएको मोटरसाइकल बाटोमा रोकिराखेको ट्रयाक्टरको पछाडिको भागमा ठोक्किएको थियो ।

Honor x7 pad

राति १० बजेतिर तुलसीपुर बजारदेखि पश्चिमतर्फ जाँदै गरेका गिरी सवार लु.प्र.०२–००१ प ०९४६ नम्बरको मोटरसाइकल दंगीशरण-५ डाँडाचिसमा रोकिराखेको रा १ त १४२२ नम्बरको ट्याक्टरमा पछाडिबाट ठोक्किएपछि गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ।

गम्भीर घाइते भएका गिरीलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल ल्याइएको थियो। उपचारका क्रममा राति करिब १२ बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रहरीले बबई गाउँपालिका-७ का २९ बर्षीय चालक इन्द्रबहादुर डाँगीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।।

प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  १०:४१
प्रतिक्रिया दिनुहोस्