कोदो रोपेर फर्किदै गर्दा मनकुमारीको भीरबाट लडेर मृत्यु, छिमेकी पक्राउ

सोमबार, साउन २८, २०८१
honor mob  winter sales

खोटाङ । एक जना महिलाको भीरबाट लडेर मृत्यु भएको छ। खोटाङमा भीरबाट लडेर  केपिलासगढी गाउँपालिका वडा नं.७ सुङ्देलकी ४१ वर्षीया मनकुमारी राईको मृत्यु भएको हो।

Honor x7 pad

राईको कोदो रोपेर घर फर्कने क्रममा भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिइन्।

प्रहरीका अनुसार मनकुमारी आफ्नै छिमेकीको बारीमा शनिबार कोदो रोप्न गएकी थिइने । बेलुका घर नफर्किएपछि स्थानीय बासिन्दाले खोजी गर्नेक्रममा बाटोभन्दा करिब ७० मिटर तल मृत फेला पारेको प्रहरीले जनाएको छ । 

रातभर खोजी गर्दा नभेटिएकी मनकुमारीलाई स्थानीय बासिन्दाले भीरमुनि मृत फेला पारेका हुन्। घटना शङ्कास्पद देखिएपछि मनकुमारीसँगै कोदो रोप्न गएकी ४६ वर्षीया मोती राईलाई प्रहरीले नियन्त्रणमा लिएको वडाध्यक्ष गोपाल राईले जानकारी दिए । 

“घटना भएको ठाउँ वरपरका झाडी माडिएको छ । दुवैले मादकपदार्थ सेवन गरेको भन्ने खुलेको छ”, उनले भने, “आपसमा झगडा गरेको नभइ दुवै जना मातेर एकआपसमा पक्रापक्री गर्दा लडेको जस्तो देखिन्छ । घटनास्थलमा दुवैको चप्पल, गम्बुट र लुगाफाटा छरपस्ट छन् ।”

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  ०८:२०
प्रतिक्रिया दिनुहोस्