छाडा साँढेले हान्दा एक महिलाको मृत्यु

शनिबार, साउन २६, २०८१
Honor 600 pro

रुपन्देही । रुपन्देहीमा सडकमा रहेको छाडा साँढेले हानेर एक महिलाको मृत्यु भएको छ।

जिल्लास्थित बुटवल उपमहानगरपालिका-३ गोलपार्कमा बसेर पुल्चोक नजिकै खाजा पसल गर्दै आएकी ४५ वर्षीया सीता पाण्डेलाई साँँढे हानेर मृत्यु भएको रुपन्देही प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार छाडा साँँढेले हानेर गम्भीर घाइते भएकी गुल्मीको रेसुंंगा नगरपालिका-४ स्थायी घर भएकी सीताको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो।

सीता साउन २० गते दूध डेरीमा दुध लिन जाने क्रममा सडकमा लडिरहेका दुई साँँढले कुल्चेपछि गम्भीर घाइते भएकी थिइन् ।

 

 

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  १०:१०
प्रतिक्रिया दिनुहोस्