कर्णाली र कोशी प्रदेशमा आज सार्वजनिक बिदा

शुक्रबार, साउन २५, २०८१
Honor 600 pro

विराटनगर । कर्णाली प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ। आज नागपञ्चमीको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो।

कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै आज नागपञ्चमीका बिदा दिएको जनाएको छ।

त्यसैगरी कोशी प्रदेश सरकारले पनि प्रदेशभर सार्वजनिक बिदा दिएको छ। कोशी सरकारले आज आदिवासी जनजाति दिवसको अवसरमा सार्वजनिक बिदा दिएको हो।

कोशी सरकारको मन्त्रिपरिषद् बैठक आज बिदा दिने निर्णय गरेको आन्तरिक मामिलामन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिएका छन् 

 

 

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  ०८:०९
प्रतिक्रिया दिनुहोस्