बोलेरो जिप दुर्घटना हुँदा १७ जना घाइते

मंगलबार, साउन २२, २०८१
honor mob  winter sales

जाजरकोट । जाजरकोटमा जीप दुर्घटना हुँदा १७ जना घाइते भएका छन् भने  घाइते भएका मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।

Honor x7 pad

जिल्ला  सदरमुकामबाट भेरी नगरपालिका–६ भ्यारे जान लागेको ग १ ज ७७११ नम्वरको बोलेरो जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

नगरपालिकाको वडा नम्बर ६ को गंज जङ्गलमा दुर्घटना भएको जाजरकोटका प्रहरी प्रमुखसमेत रहेका डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले बताए।

बोलेरो जिप दुर्घटना भएलगत्तै उद्धारका लागि घटनास्थलतर्फ प्रहरी गएको उनले बताए। घाइते १४ जनालाई जिल्ला अस्पताल जाजरकोटमा लगिएको उनले बताए।

 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १७:१२
प्रतिक्रिया दिनुहोस्