खराब मौसमले त्रिभुवन विमानस्थलका उडानहरु प्रभावित

मंगलबार, साउन २२, २०८१
honor mob  winter sales

काठमाडौं  । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उडानहरु प्रभावित बनेका छन् । आ बिहानै देखि परेको अविरल वर्षाका कारण त्रिभुवन विमानस्थल प्रभावित बन्न पुगेको हो । 

Honor x7 pad

मुसलधारे  पानी र हुस्सुका कारण विमानस्थलको भिजिबिलिटी कम भएका कारण  जहाज उडान तथा अवतरणमा समस्या आएको विमानस्थल कार्यालयले जनाएको छ।

त्रिभुवन विमानस्थलबाट बिहानै उडान सेडुलमा रहेका जहाज पनि अविरल वर्षाका कारण प्रभावित हुन पुगेको विमानस्थलले जनाएको छ।

कम भिजिबिलिटीले अवतरणका लागि कम्तीमा १ हजार मिटरको भिजिबिलिटी आवश्यक पर्छ । अहिले त्रिभुवन विमानस्थलको भिजिबिलिटी एक हजार भन्दा कम रहेको विमानस्थललेजनाएको छ ।

खराब मौसमले स्टानाबुलबाट काठमाडौँ आएको टुर्किस्तान एयर उतै डाइभर्ट भएको छ भने फ्लाइ दुबई र डर्क एयर अवतरण गर्न नसकेर आकाशमा नै होल्ड भएका छन् । कयौं जहाजहरु उडान गर्न भनेर तयारी हालतमा रहदा विमानस्थलमै होल्ड भएका छन् ।

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  ०९:२९
प्रतिक्रिया दिनुहोस्