काठमाडौं विमानस्थल नजिकको गेष्ट हाउसमा महिला र पुरुष मृत फेला परे

शुक्रबार, साउन १८, २०८१
Honor 600 pro

काठमाडौं  । काठमाडौं विमानस्थल नजिकको एक गेष्ट महिला र पुरुष मृत फेला परेका छन् । काठमाडौं महानगर-९ स्थित विमानस्थल नजिक शम्भु मार्गमा रहेको झरना गेष्ट हाउसमा महिला र पुरुष मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंक अनुसार मृत फेला पर्नेमा बाजुराको त्रिवेणी नगरपालिका-४ घर भएका २० वर्षीया करिष्मा सार्की र सोही स्थानका २३ वर्षीय भरतबहादुर सार्की रहेका छन् ।

 साउन १५ गते उक्त गेष्ट हाउसमा आएर बसेका दुबै जना आज दिउँसो खानाको विषयमा सोध्न गएका होटेल स्टाफले बोलाउदा ढोका नखोलेपछी होटेल मालिकले प्रहरीलाई खबर गरेका थिए। प्रहरी आएर ढोका फोडेर हेर्दा करिष्माको घाँटीमा चोट लागेको अवस्थामा र भरत पंखामा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।

दुबै जनाले आत्महत्या गरेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ भने घटना बारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ।

 

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १७:४४
प्रतिक्रिया दिनुहोस्