अस्पतालमा भर्ना भएका बलात्कार मुद्दाका कैदी फरार

बिहीबार, साउन १७, २०८१
honor mob  winter sales

मोरङ । मोरङ कारागार्मा कैद भुक्तान गरिरहेका जबरजस्ती करणी (बलात्कार) एक कैदी फरार भएका छन् । 

Honor x7 pad

बिरामी भएर कोशी अस्पतालमा भर्ना भएका विराटनगर महानगरपालिका-८ घर भएर  जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएर हाल मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका २४ वर्षीय आर्यन मोहमद अहमद खान भनिने मोहमद अहमद कोशी अस्पतालबाटै फरार भएका छन् ।

आर्यन अस्पतालबाट फरार भएपछि खोजतलास तीब्र पारिएको मोरङ प्रहरीले जनाएको छ। उनी भारततर्फ भाग्न सक्ने अनुमानका साथ प्रहरीले नेपाल भारत सीमा क्षेत्रमा व्यापक निगरानी बढाएको जानकारी दिएको छ।

फरार कैदी आर्यनलाई जिल्ला अदालत मोरङले जबरजस्ती करणी मुद्दामा दोषी ठहर गर्दै २०७९ फागुन २९ गते १२ वर्ष जेल सजाय र ५ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो।

बिरामी परेर मंगलबार कोशी अस्पताल भर्ना भएका कैदी आर्यनले आज बिहान ५ बजे शौचालय जाने क्रममा सुरक्षागार्डलाई धकेलेर फरार भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।

 

 

 

 

 

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  ११:५८
प्रतिक्रिया दिनुहोस्