बाढीले बगाउँदा जलविद्युतमा काम गर्ने बर्दियाका दुई मजदुर बेपत्ता

बुधबार, साउन १६, २०८१
Honor 600 pro

भोजपुर । भीषण वर्षाका कारण आएको बाढीले जलविद्युत आयोजना दुई जना मजदुरलाई बगाएर बेपत्ता बनाएको छ।

भोजपुर जिल्लाको  उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन ईखुवा जलविद्युत आयोजनाका दुई मजदुरलाई बाढीले बगाएको प्रहरीले जनाएको छ।

गए राति आएको बाढीले बगाउँदा जलविद्युत आयोजनामा काम गर्ने बर्दियाको बारबर्दिया नगरपालिका-३ का २६ वर्षीय श्यामकुमार थारु र सोही स्थानकै ३० वर्षीय रमेश थारु बेपत्ता भएको भोजपुर प्रहरीले जानकारी दिएको छ। त्यस्तै बाढीमा बगेका २६ वर्षीय राम किसन थारुको उद्धार गरेर घाइते भएका उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ।

बेपत्ता भएका दुई जनाको खोजी कार्य तिब्र पारिएको प्रहरीले जनाएको छ। उनीहरुको नेपाल प्रहरी र  सशस्त्र प्रहरीको टोलील खोजी गरिरहेको छ।

 

 

 

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  ०८:३२
प्रतिक्रिया दिनुहोस्