विद्यार्थी सवार बस पोखरामा दुर्घटना, एकको अवस्था गम्भीर,२३ जना सामान्य घाइते

सोमबार, साउन १४, २०८१
Honor 600 pro

कास्की । विद्यार्थी सवार स्कुल बस दुर्घटना भएको छ। पोखराको छोरेपाटन पारी आज बिहान स्कुल बस दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् ।

बसमा सवार बस चालक र सहचालकसहित २४ जना मध्ये अन्य २३ जना सामान्य घाइते रहेको कास्की प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आक बिहन मट्टीखान जाने बाटोमा बिरौटाको एलपी देवकोटा स्कुलको बस सडकबाट पल्टिएको कास्की प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा गम्भीर घाइते र सबै सामान्य घाइतेहरुलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको प्रहरीले जानकारी दिएको छ।

 

 

 

 

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  ०९:५६
प्रतिक्रिया दिनुहोस्