लमहीको च्याउखोलामा ट्रकमा आगो लाग्दा जलेर नष्ट

आइतबार, साउन १३, २०८१
honor mob  winter sales

दाङ । दाङको लमहीमा गुडिरहेको ट्रक आँफै आगलागी हुँदा जली नष्ट भएको छ । सुदुरपश्चिमको धनगढीबाट दाङको लमहीस्थित सम्राट सिमेन्ट उद्योगबाट सिमेन्ट लैजानका लागि भनेर लमहीतर्फ गइरहेको एउटा खाली ट्रक आँफै आगलागी भइ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

Honor x7 pad

सुपप्र ०१ –००१ ख ३३३७ नम्बरको गुडिरहेको ट्रकपूर्व पश्चिम राजमार्ग अन्तगरत पश्चिम महेन्द्रनगरबाट दाङको लमहीतर्फ उक्त ट्रक आउँदै गर्दा आँफै वाइरिङ सर्ट भइ आगलागी भइ जलेर नष्ट भएको चालकले बताएको प्रहरीले जानकारी दिएको छ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत आज बिहान ४ बजेर २५ मिनेट जाँदा दाङको लमही नगरपालिका-९ चाउखोला नजिकको जंगल क्षेत्रमा गुडिरहेको समयमा ट्रकमा आँफै आगलागी भएको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताए ।

वाइरिङ सर्ट भइ ट्रकमा आगो लागेर जली नष्ट भएको एसपी केसीले बताए । घटनाबारे थप अनुसन्धान भइ रहेको पनि प्रहरीले बताएको छ । आगलागीबाट ट्रकको इञ्जिनको भाग, बम्परको भाग र ६ वटा टायर पूर्ण रुपमा जलेर नष्ट भएको एसपी रामबहादुर केसीले बताए ।

ट्रकमा आगो लागेको खबर पाउना साथ राजमार्ग अन्तरगत पर्ने अस्थायी पोष्ट रिहार दाङबाट प्रहरी नायव निरीक्षक माधव रावतको कण्माडमा पाँच जनाको टोली घटनास्थल खटिएको थियो । घटनास्थल रिहार भन्दा ६ किलोमिटर पश्चिममा पर्छ । ट्रकमा लागेको आगो बिहान सवा ५ बजेतिर लमही नगरपालिकाको दमकल र प्रहरीको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा लिइएको थियो ।

ट्रकमा चालकसहित तीन जना सवार रहेकोमा आगो निभाउन प्रयास गर्दा चालक कञ्चनपुर जिल्लाको कृष्णनगर नगरपालिका- का ३८ बर्षीय रमेशदत्त जोशीको हात र कपालमा सामान्ने जलन भएको एसपी केसीले बताए । अन्य दुई जना भने आगो लागेको देख्नासाथ गाडीबाट सुरक्षित निस्किएका थिए ।

केसीका अनुसार ट्रक खाली थियो । खाली ट्रक लमहीस्थित सिमेन्ट उद्योगबाट सिमेन्ट लैजानका लागि आएको भनेर चालकले बताएका छन् । चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी दाङले जनाएको छ ।

 

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  ११:४२
प्रतिक्रिया दिनुहोस्