सानीआमाको घरमा आएका बालकको नदीमा डुबेर मृत्यु, अर्का एक बालक बेपत्ता

शनिबार, साउन १२, २०८१
honor mob  winter sales

रुपन्देही । रुपन्देहीमा  सानीआमाको घरमा आएका एक बालकको डुबेर मृत्यु भएको छ भने अर्का एक बालक बेपत्ता भएका छन् ।

Honor x7 pad

जिल्लाको बुटवल उपमहानगरपालिकास्थित तिनाउ नदीमा पौडी खेल्ने क्रममा सानीआमाकोमा आएका दुई बालकमध्ये एकको मृत्यु भएको छ भने अर्का एक बालक बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ।

इलाका प्रहरी बुटवलका अनुसार पौडी खेल्ने क्रममा डुबेका १२ वर्षीय विवश खत्रीको केहीपर उनको शव फेला परेको र अर्का सैनामैना नगरपालिका -८ का बिप्रन पाण्डे बेपत्ता भएका छन् । उनीहरु दुबैजना दिदिबहिनीका छोराहरु हुन् । मृतक खत्रीको घर बागलुङको बरेङ हो।

उनीहरुसँँगै पौडी खेल्न गएका अर्का बालकले उनीहरु डुबेको देखेपछि आफन्तलाई खबर गरेका थिए। प्रहरीले नदीमा बेपत्ता भएका बिप्रनको खोजीकार्य जारी रहेको जनाएको छ।

 

 

 

 

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  १३:५६
प्रतिक्रिया दिनुहोस्