सौर्य एयर दुर्घटना अपडेट: १८ जनाको मृत्यु, जहाजका क्याप्टेन अस्पतालमा
काठमाडौं ।त्रिभुवन विमानस्थलमा दुर्घटना भएको सौर्य एयरको ९ एन-एएमई (सीआरजे २००)कल साइनको जहाजमा १९ यात्रु सवार रहेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ।
आज बिहान ११:११ बजे उक्त जहाज रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको विमानस्थलले जनाएको छ। जहाजले धावनमार्ग छाड्नासाथ भुईमा बजारिएको देखिएको विमानस्थल कार्यालयले जनाएको छ ।
अहिलेसम्म जहाजमा सवार १९ मध्ये १८ जनाको मृत्यु भएको त्रिभुवन विमानस्थलले जनाएको छ । मृतकहरु १८ जना जहाजमा सवार रहेको बताइएको छ।
जहाजका क्याप्टेनको केएमसी अस्पताल र महाराजगन्जमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। जहाज सौर्य एयरका कर्मचारीलाई लिएर पोखरा जाँदै थियो।
प्रकाशित मिति: बुधबार, साउन ९, २०८१ १३:०९
प्रतिक्रिया दिनुहोस्