धुवाँले निसासिएर जुम्लामा १२ दिने सुत्केरी र बहिनीको मृत्यु

मंगलबार, साउन ८, २०८१
Honor 600 pro

जुम्ला । आगोको धुवाँले निसासिएर सुत्केरी दिदि र बहिनीको मृत्यु भएको छ।

जुम्लाको चन्दननाथ गाउँपालिका-५ कालेखोलाकी २२ वर्षीया १२ दिने सुत्केरी मायालक्ष्मी रोकाया र सुत्केरी दिदिको सह्यार गर्न आएकी  उनकी १९ वर्षीया जुनुमाया रोकायाको धुवाँले निसासिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ।

सुत्केरी आमाको मृत्यु भएपनि उनका १२ दिने नवजात शिशु गम्भीर घाइते भएका छन् । धुवाँले निसासिएर गम्भीर घाइते भएका दुई दिदिबहिनीलाई खलंगास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सुत्केरी महालक्ष्मीको सोमबार राति र बहिनी जुनुमायाको आज बिहान उपचारका क्रममा मृत्यु भएको जुम्ला प्रहरीले जानकारी दिएको छ। १२ दिने नवजात शिशुको आईसीयुमा राखेर उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

 

 

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १४:२०
प्रतिक्रिया दिनुहोस्