त्रिशुलीमा बेपत्ता ६२ यात्रुमा १९ को शव फेला पर्दा दुबै बसको छैन अत्तोपत्तो

बिहीबार, साउन ३, २०८१
honor mob  winter sales

चितवन  । गत शुक्रवार बिहान लेदोसहितको पहिरोमा बगेर त्रिशुलीमा बेपत्ता दुई बस अझै फेला परेका छैनन्। दुबै बसमा सवार ६२ यात्रुमध्ये हालसम्म १९ को शव फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरामा परी त्रिशूली नदीमा दुई बस बेपत्ता भएका हुन् । 

Honor x7 pad

सशस्त्र प्रहरीका अनुसार तीमध्ये १४ शवको सनाखत भएको छ भने बाँकी ५ जनाको सनाखत हुन बाँकी छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बुधबारसम्म १९ जनाको शव फेला परेको र बाँकीको खोजी कार्य जारी रहेको जानकारी दिएका छन् । 

बुधबार भेटिएकामध्ये “भारतका ऋषिपल साह, चितवन माडिका विकास परियार, सर्लाहीका रमित कुशर माझी, भारतका जयप्रकाश ठाकुर, भारतकै सजाद अन्सारी, चितवन भरतपुरका सुदिप विक, बराका परमानन्द पण्डित र चन्द्रानिगापुरका किशोरकुमार चौधरीको सनाखत भएको छ”, उनले भने, “यसैगरी रौतहटका अशोककुमार यादव, ऋषि कुमार सिंह, भारतका विवेक कुमार, सर्लाहीका जितेन्द्रराम महरा, पर्साकी चन्द्रप्रभा कुमारी, रौतहटकी अमृता कुमारीको शव सनाखत भएको छ, अन्य पाँच जना पुरुषको सनाखत हुन बाँकी छ ।”

गत शुक्रबार बिहान भरतपुर महानगरपालिका–२९ नारायणगढ मुग्लिङ सडकखण्डको सिमलताल भन्ने स्थानमा वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नं को एञ्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नं को गणपती डिलक्सको बस पहिलोमा परी त्रिशूली नदीमा बेपत्ता भएका थिए ।

दुवै बसमा गरी ६५ यात्रु रहेको थिए । तर  बसमा सवार रौतहटका नन्दन दास, जुगेश्वर यादव र सरोजकुमार गुप्ताले हाम फालेर त्रिशुलेमा पौडीएर आफ्नो ज्यान जोगाएका हुन् ।

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  ०७:५२
प्रतिक्रिया दिनुहोस्