घरलाई बाढीले बगाउँदा माटोमा पुरिए तीन बालबालिका, एक जना बेपत्ता

मंगलबार, साउन १, २०८१
Honor 600 pro

दाङ । बाढीले घर बगाउँदा सुतिरहेका तीन बालबालिका माटोमा पुरिएका छन् भने एक जना बेपत्ता भएका छन्।

रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–१२ बगरस्थित तातोपानी झिन्चौर खोलामा गएराति आएको बाढीले घर बगाउँदा तीनजना बालबालिका पुरिएको प्रहरीले जानकारी दिएको छ । 

प्रहरीका अनुसार ८ वर्षीय हितमाया पुन, ५ वर्षीया धनिसा पुन, ४ वर्षीया मनिसा सार्की पुरिएका र ४० वर्षीय डिल्लीबहादुर बुढाथोकी बेपत्ता भएको जानकारी दिए ।

उनले बाढीले घर बगाउँदा १० वर्षीया विजय सार्की, २२ वर्षीया अनिसा पुन, २९ वर्षीय जनक खत्री, ६५ वर्षीया मनसरी पुन, चार वर्षीया मेक्सन पुन, २० वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पाना कामी घाइते भएको प्रहरीले जनाएको छ।

खोलामा लेदो माटोमा पुरिएका बालबालिकालाई निकाल्न सकिएको छैन । घाइतेलाई आठबीसकोट नगर अस्पताल राडीमा ल्याउने काम जारी छ । उद्धारका लागि प्रहरी र स्थानीयवासी जुटिसकेका छन् 

 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  ०८:४३
प्रतिक्रिया दिनुहोस्