चितवन प्रशासनले सार्वजनिक गर्यो त्रिशुलीम बेपत्ता यात्रुको विवरण (नामसहित)

मंगलबार, साउन १, २०८१
honor mob  winter sales

चितवन। गत शुक्रवार त्रिशुली नदीमा बेपत्ता भएका दुई बसमा सवार ६५ यात्रुहरुको विवरण जिल्ला प्रशासन कार्यालय चितवनले सार्वजनिक गरेको छ।

Honor x7 pad

जिल्ला प्रशासन चितवनले दिएको जानकारी अनुसार वीरगन्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३-००६ख १५१६ नम्बरको एन्जल डिलक्स बसमा काटिएको चलान अनुसार २७ जना यात्रु र पछि चढेका ११ यात्रु गरि ३८ जना रहेका छन् । आफन्तले टिपाएको विवरण अनुसार थप ११ जना यात्रु पछि बसमा सवार रहेको प्रशासन कार्यालय चितवनले जनाएको छ।

त्यसैगरि काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसको चलानी अनुसार २३ जना र पछि चढेका ४ गरि २७ जना सवार रहेको जिल्ला प्रशासन चितवनले विवरण सार्वजनिक गरेको हो।

जम्मा ६५ यात्रुमध्येमा ३ जना भने पौडीएर बाच्न सफल भएका हुन् । हालसम्म ११ वटा शव फेला परेपनी ७ जनाको मात्रै सनाखत भएको छ।

 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  ०७:१८
प्रतिक्रिया दिनुहोस्