गैंडाकोटको नारायणी किनारमा फेला परे दुई शव, त्रिशुलीमा बेपत्ता यात्रु भएको अनुमान

शनिबार, असार २९, २०८१
honor mob  winter sales

काठमाडौं । नवलपरासी पूूर्वको गैंडाकोट नगरपालिका-७ स्थित नारायणी नदीको किनारमा दुई वटा शव भेटिएको छ। 

Honor x7 pad

शुक्रबार बिहान साढे ३ बजे चितवनको नारायणगढ-मुग्लिन सडकको सिमलतालमा पहिरोसँगै त्रिशूलीमा खसेर बेपत्ता भएका दुईवटा बसमा सवार यात्रुहरू रहेको खोजतलासमा खटिएको नवलपरासी पूूर्वी प्रहरीले अनुमान गरेको छ। ती शवअरु टोलीले आज दिउँसो साढे २ बजे फेला पारेको हो।

प्रहरीले जनाएअनुसार फेला परेका दुई पुरुषको शव मध्ये एकको २५/३० र अर्काको १८/२० वर्ष रहेको छ। यता चितवन प्रहरीले गैंडाकोटमा फेला परेका दुई शवलाई चितवन ल्याउने तयारी गरेको बताएको छ।

चितवन ल्याएर ती शवको बेपत्ता भएका आफन्तबाट पहिचान गराउने चितवन प्रहरीले जानकारी दिएको छ। आफन्तहरु सवै जिल्ला अस्पतालमा उपस्थित छन् ।

आज बिहान पनि नारायणी नदीको गोलाघाटमा एक पुरुषको शव फेला परिसकेको छ। मृतक भारतको बिहार सितामणीको जमुवाका २८ वर्षका ऋषिपल साह रहेको चितवन प्रहरीले जानकारी दिएको छ।

ऋषिपाल त्रिशुली नदीमा बेपत्ता भएको काठमाडौंबाट गौर जाने प्रदेश ०३-००१ख२४९५ नम्बरको बसमा सवार थिए।

 

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  १८:४९
प्रतिक्रिया दिनुहोस्