नेपालगञ्जमा ग्याङफाइट छुट्टाउन गएका व्यक्तिकै हत्या

शनिबार, असार २९, २०८१
honor mob  winter sales

बाँके ।  नेपालगञ्ज उपमहानगरपालिकाको टांगा स्टेशन नजिक एक युवकको हत्या भएको छ। 

Honor x7 pad

नेपालगञ्ज-११ स्थित टांंगा स्टेशन  गएराति दुई समूहबीच भइरहेको ग्याङफाइट हुने क्रममा छुट्टाउन गएकै एक व्यक्तिको हत्या भएको जिल्ला प्रहरीले बाँकेले जनाएको छ।

बाँके प्रहरीका अनुसार दुई समूहबीच ग्याङफाइट हुँदै गर्दा छुट्टाउन गएका नेपालगञ्ज-११ का ३८ वर्षीय इरसाद राई कबडियामाथि नै एक समूहले धारिलो हतियार प्रहार गरेको थियो। गम्भीर घाइते भएका इरसादको उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

इरसादको हत्या गर्ने समूहको अझै पहिचान हुन नसकेको जिल्ला प्रहरीले बाँकेले जनाएको छ। तर उक्त समूहको एउटा मोटरसाइकल फेला परेको जनाएको छ।प्रहरीले सोही मोटरसाइकलका आधारमा हत्या गर्ने समुहको खोजीकार्य जारी राखेको छ। 

 

 

 

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  १३:५४
प्रतिक्रिया दिनुहोस्