त्रिशुलीमा बेपत्तामध्ये एक यात्रुको शव गोलाघाट नारायणी किनारमा भेटियो

शनिबार, असार २९, २०८१
honor mob  winter sales

चितवन  । त्रिशुलीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये एक यात्रुको शव फेला परेको छ। आज बिहान भरतपुर महानगरपालिका-२८ स्थित गोलाघाटस्थित नदी किनारमा एक यात्रुको शव फेला परेको प्रहरीले जानकारी दिएको छ।

Honor x7 pad

प्रहरीका अनुसार नारायणी नदी किनारमा घोप्टो परेको अवस्थामा भेटिएको शव  ऋषिपाल साहको रहेको खुलेको छ । प्रहरीले उनको साथमा रहेको ग्लोबल आइएमई बैंकको एटिएम कार्ड फेला पारेपछि उनको नाम ऋषिपाल साह नाम  रहेको खुलेको हो।

प्रहरीले त्यहाँ जम्मा भएका बेपत्ता परिवारका आफन्तहरुलाई एउटा फेला परेको व्यक्तिको शव ऋषिपाल साहको रहेको जानकारी गराएपछि एक युवकले ऋषि आफ्नो दाइ भएको बताउँदा ऋषि बेपत्ता बसमा सवार रहेको पाइएको हो।

शुक्रबार बिहान साढे ३ बजे पहिरोले बगाएर त्रिशिली नदीम बेपत्ता भएका वीरगन्जबाट काठमाडौँ आउँदै गरेको र काठमाडौँबाट रौतहट जाँदै गरेको बस त्रिशूली नदीमा दुर्घटना हुँदा करिब ५१ जना सम्पर्कविहीन भएका हुन् ।

काठमाडौँबाट रौतहटको गौरतर्फ जान्दै गरेको प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेशको १५१६ नम्बरको एञ्जल डिलक्स बस त्रिशूली नदीमा खसेर बेपत्ता भएका थिए।

 

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  १३:०२
प्रतिक्रिया दिनुहोस्