देशभरमा बाढीपहिरोबाट १०३ जनाको मृत्यु

शुक्रबार, असार २८, २०८१
honor mob  winter sales

काठमाडौं ।  देशका विभिन्न भागमा परेको अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि बाढीपहिरोलगायत भएका विपद्का घटनामा १०३ जनाको मृत्यु भएको छ।

Honor x7 pad

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बाढी, पहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा एक जना, कोशी प्रदेशमा १९ जना, मधेस प्रदेशमा ५ जना, बागमती प्रदेशमा ६ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ७ जना गरी १०३ जनाको मृत्यु भएको हो ।

काठमाडौँ उपत्यकामा तीन जना, कोशी प्रदेशमा ३१ जना, मधेस प्रदेशमा ८ जना, बागमती प्रदेशमा चार जना, गण्डकी प्रदेशमा २८ जना, लुम्बिनी प्रदेशमा नौ जना, कर्णाली प्रदेशमा १५ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी एक सय नौ जना घाइते भएका छन् ।

कोशी प्रदेशमा ४१ र गण्डकी प्रदेशमा १२ जना गरी  ५३ जनाको उद्धार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा दुई जना, बागमती प्रदेशमा दुई जना र गण्डकी प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा एक जना गरी छ जना बेपत्ता भएका छन् । वेपत्ताको खोजी जारी छ ।

बाढीका कारण १ सय ८२ घर डुबानमा परेका छन् । एक सय ८९ वटा घर, ७२ वटा गोठ, ४१ वटा पुल, एउटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति भएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार पाँच सय ४७  परिवार विस्थापित भएका छन् ।

 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  २१:२५
प्रतिक्रिया दिनुहोस्