भैरहवा विमानस्थलमा अवतरण गर्दा बुद्ध एयरको जहाज चिप्लिएर घाँसे मैदानमा

शुक्रबार, असार २८, २०८१
honor mob  winter sales

रुपन्देही । बुद्ध एयरको जहाज अवतरण गर्दै गर्दा भैरहवा विमानस्थलको धावनमार्गमा चिप्लिएको छ। बुद्ध एयरको नाइनएन एओसी कलसाइन जहाज विमानस्थलको पूूर्वबाट पश्चिमतर्फ अवतरण गर्दा गएराति धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको हो।

Honor x7 pad

भारी वर्षाका ल्यान्डिङ गर्दा जहाज चिप्लिएर जहाजको अघिल्लो भाग घाँसे मैदानमा पुगेको बुद्ध एयरले जनाएको छ। जहाजमा सवार ६५ यात्रु र चालकदलका सबै सदस्यहरु सकुशल रहेको बताइएको छ।

धावनमार्गमै रहेको जहाजले गर्दा उडान ठप्प रहेको भैरहवा विमानस्थलले जनाएको च्ज।

 

 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  ०९:०१
प्रतिक्रिया दिनुहोस्