पहिरोले बगाएर दुई वटा बस त्रिशुलीमा खसेको आंशका, ६५ यात्रु सम्पर्कविहीन

शुक्रबार, असार २८, २०८१
honor mob  winter sales

चितवन । दुई वटा यात्रुबाहक बस नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले  बगाएर  बेपत्ता भएका छन् । दुबै बस पहिरोमा पुरिएर  त्रिशूलीमा बेपत्ता आंंशका गरिएको चितवन प्रहरीले जानकारी दिएको छ।

Honor x7 pad

चितवन प्रहरीका अनुसार  अनुसार आज बिहान साढे ३ बजे पहिरोमा बगेर दुई बस त्रिशूलीमा खसेको आंंशका गरिएको छ।  काठमाडौँबाट गौर जाँदै  गरेको गणपति डिलक्स लेखिएको र वीरगञ्जबाट काठामाडौँ जाँदै गरेको एन्जट बस पहिरोमा बेपत्ता भएका हुन् ।

प्रारम्भिक जानकारीअनुसार गौर जाँदै गरेको बसमा ४१ जना र काठमाडौँ जाँदै गरेको बसमा २४ जना सवार रहेका थिए ।

सुरक्षाफौज अहिले घटनास्थलमा  उद्धारको काम थालिरहेको छ।  अहिले पहिरो पन्छाउन सुरु गरिएको छ। तर बस कतै नदेखिएकाले त्रिशुलीमा बेपत्ता भएको आंंशका गरिएको हुँदा कुरिनटारबाट सशस्त्र प्रहरीको गोताखोर आइसकेको प्रहरीले जानकारी दिएको छ। 

 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  ०७:३१
प्रतिक्रिया दिनुहोस्