घरमा एक्लै सुतेकी महिलाको पहिरोमा पुरिएर मृत्यु

बिहीबार, असार २७, २०८१
Honor 600 pro

बागलुङ । अविरल वर्षका कारण आएको पहिरोमा पुरिएर बागलुङमा एक महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार पहिरोमा पुरिएर बागलुङ नगरपालिका-७ तितौरेका ५५ वर्षीय खिलकुमारी शर्माको मृत्यु भएको हो।

गएराति गएको पहिरोमा घरमा एक्लै बसेकी शर्मालाई पहिरोले पुरेको हो। पहिरोबाट पुरिएरको खवर आज बिहान मात्रै थाहा भएपछि उनको शव निकालिएको प्रहरीले जानकारी दिएको छ।

 

 

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  ०८:०९
प्रतिक्रिया दिनुहोस्