बाँकेको सीमावर्ती भारतीय जिल्ला श्रावस्तीमा मोटरसाइकल दुर्घटनामा तीन नेपालीको मृत्यु

बुधबार, असार २६, २०८१
honor mob  winter sales

नरैनापुर (बाँके)। बाँके जिल्लाको नरैनापुर गाउँपालिकासँँग सीमा जोडिएको भारतको बघौडा ताल नजिक राजपुर मोडमा मोटरसाइकल र ट्याक्टर ठोक्किँदा तीन जना नेपालीको मृत्यु भएको छ।

Honor x7 pad

गएराति भारतबाट नेपालको भौवा नकातर्फ जाँदै गरेको रा४प ७६५ नम्बरको मोटरसाइकल र भारतीय ट्याक्टर एकआपसमा ठोक्किँएका थिए। ठोक्किँए लगत्तै मोटरसाइकलमा आगलागी हुँदा राप्तीसोनारी-१ खासकुश्माका मोटरसाइकल चालक गोवर्द्दन घर्तीको घटनास्थलमै मृत्यु भएको श्रावस्ती प्रहरीले जिल्ला प्रहरीलाई जानकारी दिएको बाँके प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका रामबहादुर सिंह र कल्पनाको श्रावस्ती जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको श्रावस्ती प्रहरीले जनाएको छ। मृतक तीनै जनाको शवलाई जिल्ला अस्पतालमा राखिएको छ।

श्रावस्ती प्रहरीले सीमा नजिकको नरैनापुर गाउँपालिका लगायत सुरक्षा निकायमा खबर गरिसकेको छ।

 

 

 

 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  ०८:०८
प्रतिक्रिया दिनुहोस्