एक लाख रुपैयाँ घुससहित जेलर पक्राउ, बरामद भयो श्रोत नखुलेको थप रकम

आइतबार, असार २३, २०८१
Honor 600 pro

परासी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख रुपैयाँ घुससहित कारागारका जेलरलाई पक्राउ गरेको छ।

काठमाडौंको टंगालबाट गएको अख्तियारको टोलीले पश्चिम नवलपरासी कारागारका जेलर विनोद कुमार दत्तलाई १ लाख रुपैयाँ घुससहित पक्राउ गरेको जनाएको छ।

जेलर दत्तले कारागारको सेवा सुविधा दिन सहजीकरण गर्ने भन्दै १ लाख रुपैयाँ घुस मागेको उजुरीका आधारमा आज दत्तलाई उनकै निवासबाट पक्राउ गरिएको अख्तियारले जानकारी दिएको छ।

उनको साथबाट श्रोत नखुलेको थप ५० हजार रुपैयाँ पनि अख्तियारले बरामद गरेको जनाएको छ।

 

 

 

 

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १८:४७
प्रतिक्रिया दिनुहोस्