काभ्रेमा बाढीले बगाएर ६५ वर्षीय महिला र उनकी भतिजीको मृत्यु

शनिबार, असार २२, २०८१
Honor 600 pro

काभ्रे। काभ्रेपलान्चोकको रोशी गाउँपालिकास्थित भ्याकुरे खोलामा आएको बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ।

गाउँपालिकाको वडा नंं.११ बाट बग्ने भ्याकुरे खोला तर्ने क्रममा आज साँझ ७ बजे स्थानीय ६५ वर्षीया जालमाया रुचाल मगर र उनकी ५ वर्षीया भतिजी सेतीमाया रुचाल मगरलाई बाढीले बगाएर मृत्यु भएको काभ्रे प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार उनीहरु दुबै जनाको शव ९ सय मिटर तल फेला परेको थियो।

 

 

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  २१:४२
प्रतिक्रिया दिनुहोस्