स्याङ्जामा पहिरोमा पुरिएर दुई जना महिलाको मृत्यु, एक पुरुष बेपत्ता

शनिबार, असार २२, २०८१
Honor 600 pro

स्याङ्जा । अविरल वर्षासँँगै आएको पहिलेरो घर पुरिँदा स्याङ्जामा दुई जनाको मृत्युु भएको छ । पहिरोमा परेर १ जना बेपत्ता भएका छन् ।

आज स्याङ्जाको बिरुवा गाउँपालिका-६ माझाकोटमा अएको पहिरोमा पुरिँदा ६५ वर्षीया गुहेश्वरी शर्मा मरासिनी र ६७ वर्षीया हरिमाया शर्माको मृत्यु भएको स्याङ्जा प्रहरीले जनाएको छ।

त्यस्तै पहिरोमा पुरिएर माझकोकै ७१ वर्षीय माधव शर्मा बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ। उनको खोजीकार्य जारी रहेको बताइएको छ। आज लामाखेतका इश्वरी लम्सालको घरलाई पहिरोले पुरेको थियो।

 

 

 

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १९:००
प्रतिक्रिया दिनुहोस्