काठमाडौंको नागर्जुनमा रेस्टुरेन्टमाथि खसेको पहिरोमा पुरिएर २२ वर्षीय युवकको मृत्यु

शनिबार, असार २२, २०८१
Honor 600 pro

काठमाडौं ।काठमाडौंस्थित नागार्जुनमा गएको पहिरोमा पुरिएर २२ वर्षीय युवकको मृत्यु भएको छ। आज बिहान सवा ११ बजे नागार्जुन-३सिङ्गल ट्री नजिकै रहेको ट्रपिकल रेस्टुरेन्टको किचन पहिरोमा पुरिएको हो।

पहिरोले रेस्टुरेन्टको किचन पुरिँदा किचेनमा सहयोगीका रुपमा काम गर्दै आएका गोरखा जिल्लाको लखन थापा गाउँपालिका-६ का २२ वर्षीय मनोज बिक पुरिएर गम्भीर घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

गम्भीर घाइते भएका मनोजलाई तत्कालै उद्धार गरि मनमोहन मेमोरियल अस्पताल स्वयम्भू लगिएपनि उपचारकै क्रममा उनको मृत्यु भएको काठमाडौं प्रहरीले जानकारी दिएको छ।

 

 

 

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १६:०८
प्रतिक्रिया दिनुहोस्