गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

शुक्रबार, असार २१, २०८१
Honor 600 pro

काठमाडौं । सिराहाको नवराजपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, इन्जिनियर कृष्णा साहसहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले आर्थिक वर्ष २०७७/७८ मा नवराजपुर गाउँपालिका-२ स्थित मझौरा हुँदै बरगाछीदेखि पटनासम्म सडक ग्राभेल गर्ने कार्यमा अनियमितता भएको ठहर गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ।

अख्तियारको अनुसन्धानमा उनीहरुए किताबमा उल्लेख भएअनुसार फिल्डमा काम नगरेर फर्जी बिल बनाएर प्रमुख प्रशासकीय अधिकृतसहित उनीहरुले १२ लाख ७ हजार २६० रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै आज उनीहरुविरुद्ध आज विशेष अदालतआ मुद्दा दायर गरेको हो।

अख्तियारका अनुसार नवराजपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र , इन्जिनियर कृष्णा, सब इन्जिनियर सन्तोषकुमार यादव, लेखापाल सोमप्रसाद आचार्य, उपभोक्ता समितिका अध्यक्ष जीवछकुमार यादव,कोषाध्यक्ष पुनमकुमारी देवी,सचिव रामउदागर मण्डल र गाउँपालिकाको वडा नम्बर २ का तत्कालीन वडाध्यक्ष खुसीलाल साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो।

 

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १९:२९
प्रतिक्रिया दिनुहोस्