बाढीले बगाएर ७४ वर्षीय भुजेलको मृत्यु

शुक्रबार, असार २१, २०८१
Honor 600 pro

पोखरा । खोलामा आएको बाढीले बगाउँदा एक वृद्धको मृत्युको भएको छ। स्याङ्जामा आज बिहान पुतलीबजार नगरपालिका-१ वीरेन्द्रनगरका ७४ वर्षीय तिलबहादुर भुजेललाई अरगौदी खोलाले बगाएको थियो।

अरऔदी खोलाले बगाएर गम्भीर घाइते भएका भुजेललाई उनकै छोराले उद्दार गरेर अस्पताल लगेको प्रहरीले जनाएको छ।

भुजेलको उपचारका क्रममा जिल्ला अस्पताल स्याङ्जामा मृत्यु भएको स्याङ्जा प्रहरीले जनाएको छ।

 

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १३:२०
प्रतिक्रिया दिनुहोस्