नुहाउने क्रममा पोखरीमा डुबेर तीन बालकको मृत्यु

बिहीबार, असार २०, २०८१
Honor 600 pro

जनकपुर धनुषाको धनौजी गाउँपालिकामा पोखरीमा डुबेर तीन जना बालकको मृत्यु भएको छ।

गाउँपालिकाको वडा नं ५ बहुअर्वास्थित घोङ्गघाइर पोखरीमा पौडी खेल्ने क्रममा डुबेर ती बालकहरुको मृत्यु भएको धनुषा प्रहरीले जानकारी दिएको छ।

धनुषा प्रहरीका अनुसार पोखरीमा डुबेर मृत्यु हुनेहरुमा स्थानीय १०-१२ वर्षका बालकहरु जिनत खातुन, मुस्कान खातुन र अजनवी खातुन रहेका छन् । उनीहरुमध्ये दुई बालकको उपचारका क्रममा  र एक जना बालकको अस्पताल पुर्याउनुअघि नै मृत्यु भएको प्रहरीले जनाएको छ। 

पोखरीमा १० -१२ जना बालकहरु पोखरीमा नुहाउँदै गरेको अवस्थामा ३ बालक डुबेपछि अन्य बालकहरुले स्थानीय गाउँलेलाई बोलाएका थिए। उनीहरुको उद्दार गरेर गाउँलेले अस्पताल लगेता पनि चिकित्सक मृत घोषित गरेका थिए। घटना बिहीवार भएको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धानमा जुटेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १५:३७
प्रतिक्रिया दिनुहोस्