पुलबाट हामफालेर आत्महत्या गर्न खोजेका एक युवकलाई प्रहरीले बचायो

बिहीबार, असार २०, २०८१
Honor 600 pro

काठमाडौं आत्महत्याको सोच बनाएर नदीको पुलबाट हामफाल्दै गरेका एक युवकलाई प्रहरी बचाएको छ।

आज काठमाडौंस्थित बागमती नदीको शंखपुल पुलबाट हामफाल्दै गरेका मकवानपुर घर भएर हाल ललितपुर-१७ बस्दै आएका २६ वर्षीय युवकको ललितपुर प्रहरीले उद्दार गरेको हो।

कपडा खोलेर नदीमा हामफाल्न तयार भएका ती युवकलाई प्रहरीले उद्दार गरेर परिवारको जिम्मा लगाएको ललितपुर प्रहरीले जानकारी दिएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा ती युवक विदेश जान नपाएपछि आत्महत्या गर्न खोजेको देखिएको हो।

युवक विदेश जान खोजेको भएपनि परिवारको आर्थिक स्थिति कमजोर भएकाले विदेश जान नपाउँदा आत्महत्या गर्म खोजेको प्रहरीले जानकारी दिएको छ।प्रहरीले ती युवकलाई सम्झाइबुझाई गरेको जनाएको छ।

 

 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १४:४६
प्रतिक्रिया दिनुहोस्