बाढीले बगाएर एक महिलाको मृत्यु

बिहीबार, असार २०, २०८१
Honor 600 pro

कैलाली।बाढीले बगाएर कैलालीमा एक महिलाको मृत्यु भएको छ।

जिल्लास्थित गौरीगङ्गा नगरपालिका-११ को कटैनी खोलामा आएको बाढीले बगाउँदा सोही स्थानकी २७ वर्षीया सुस्मिता चौधरीको मृत्यु भएको कैलाली प्रहरीले जानकारी दिएको छ।

कटैनी खोलामा रहेको काठेपुल तर्ने क्रममा सुस्मितालाई खोलामा आएको बाढीले बगाएरर मृत्यु भएको प्रहरीले जनाएको छ।

 

 

 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  ०९:३२
प्रतिक्रिया दिनुहोस्