चना अड्किएर दाङमा ३ वर्षीय बालकको मृत्यु

बुधबार, असार १९, २०८१
Honor 600 pro

दाङ दाङको तुलसीपुर उपमहानगरपालिकाको बेलुवामा चना अड्किएर ३ वर्षीय बालकको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर-९ बेलुवाका ३ वर्षीय बालक राजेन्द्र घर्तीले चना खाने क्रममा घाँटीमा चनाको दाना अड्किएर मृत्यु भएको हो।

आज साँझ ५ बजे स्कुलबाट फर्किएका राजेन्द्रले पकाएको चना खाने क्रममा घाँटीमा दाना अड्किएर  निसास्सिएका उनलाई तत्कालै उपचारका लागि तुलसीपुरस्थित सिटी अस्पताल लगिएको प्रहरीले जनाएको छ।

अस्पताल पुर्याएका राजेन्द्रलाई चिकित्सकहरुले मृत घोषित गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  २०:५१
प्रतिक्रिया दिनुहोस्