नक्कली भुटानी शरणार्थी प्रकरण: प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

मंगलबार, असार १८, २०८१
honor mob  winter sales

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूूर्व गृहमन्त्री एवंं नेकापा एमालेका उपाध्यक्ष रामबहादुर थापा 'बादल' पुर प्रतीक थापालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

Honor x7 pad

आज जिल्ला अदालत काठमाडौंका न्यायाधीश सकुन्तला कार्कीको एकल इजलासले प्रतीकलाई शरणार्थी प्रकरणमा संंलग्नता नरहेको भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

अदालतको आदेश आएसँँगै प्रतीकलाई केन्द्रीय कारागार पठाइएको काठमाडौं प्रहरीले जानकारी दिएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरण संंलग्नता रहेको आरोपमा पक्राउ पुर्जी जारी भएपछि लामो समयसम्म फरार रहेका प्रतीकलाई प्रहरीले गत शनिबार काठमाडौंको बौद्धबाट पक्राउ गरेको थियो।

 

 

 

 

 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १७:४५
प्रतिक्रिया दिनुहोस्