नुहाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

मंगलबार, असार १८, २०८१
honor mob  winter sales

बाँके । बाँकेको कोहलपुरमा एक महिलाको नुहाउने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।

Honor x7 pad

जिल्लाको कोहलपुर नगरपालिका–१३ भरैयास्थित ४५ वर्षीया प्रेमा थारुको नुहाउने क्रममा करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।

दिनघर खेतमा धान रोपेर आएकी प्रेमा घरमा आएपछि बेलुका नुहाउन आफ्नै घरको धारामा गएकी थिइन । सोही क्रममा उनको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी धर्मराज भण्डारीले जानकारी दिए ।

पानी परिरहेको हुँदा मोटरबाट करेन्ट प्रबाह भइ सोहीबाट करेन्ट लागेको हुन सक्ने प्रहरीको अनुमान छ। थारुको घटनास्थलमै मृत्यु भएको थियो ।

घटना बारे थप अनुसन्धान जारी रहेको कोहलपुर प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  ०९:४७
प्रतिक्रिया दिनुहोस्