चितवनको एक होटेलमा चिनियाँ नागरिक मृत भेटिए

आइतबार, असार १६, २०८१
honor mob  winter sales

चितवन । चिनियाँ नागरिक चितवनस्थित भरतपुरको एक होटेलमा मृत भेटिएका छन् ।असार १० गतेदेखि भरतपुरस्थित बीपी कोइराला क्यान्सर अस्पताल अगाडिको बर्षना होटेलमा बस्दै आएकी ५६ वर्षीय चिनियाँ नागरिक पियान छाङ्गसिन आज बिहान करिब ९ बजेतिर मृत फेला परेको चितवन प्रहरीले जानकारी दिएको छ।

Honor x7 pad

बीपी कोइराला क्यान्सर अस्पतालमा क्यान्सरको उपचार गराउँदै आएका पियान बर्षना होटेलमा बस्दै आएको प्रहरीले जनाएको छ।

मृतक चिनियाँ नागरिक पियानको मृत्युको कारण अझै खुल्न नसकेको जानकारी दिँदै घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ 

 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  ११:१५
प्रतिक्रिया दिनुहोस्