गुल्मीको भयानक पहिरोमा एकै घरका ५ जनाको मृत्यु

शनिबार, असार १५, २०८१
Honor 600 pro

गुल्मी । गएरातिको अविरल वर्षाका कारण आएको पहिरोमा परेर एकै घरका ५ जनाको मृत्यु भएको छ।

गुल्मीको मालिका गाउँपालिका-६ कँँडेल पाटामा स्थानीय भेषबहादुर बिकको घर पहिरोले पुरिँदा ५ जनाको मृत्यु भएको गुल्मी प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पहिरोले घर पुर्दा ५५ वर्षीय भेषबहादुरसहित उनकी ४८ वर्षीया श्रीमती सुन्तली कामी, २६ वर्षीया बुहारी सीता बिक, ८ वर्षीया नातिनी सपना बिक र ८ महिने नातिनी बिना बिकको मृत्यु भएको हो। उनीहरुको शव केही पर फेला परेको हो।

पहिरो कतिबेला गएको भन्ने बारेमा कुनै जानकारी नभएपनि आज बिहान मात्रै घटना बारे प्रहरीले जानकारी पाएको जनाएको छ।

 

 

 

 

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  ०९:४३
प्रतिक्रिया दिनुहोस्