पहिरोमा दुई बालबालिकाको मृत्यु, एक जना गम्भीर घाइते

बुधबार, असार १२, २०८१
honor mob  winter sales

कास्की । पहिरोमा परेर कास्कीमा दुई जनाको मृत्यु भएको छ। मंगलबारबाट परेको अविरल वर्षाका कारण आएको पहिरोमा परी मादी गाउँपालिकाकी १३ वर्षीया बालिका आयुश्मा रानाभाट र पोखरा महानगरपालिका-२७ का ३ वर्षीय अनमोल सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ।

Honor x7 pad

आज बिहान पौने २ बजे घरपछाडिको माटोको ढिस्को खसेर हजुरआमासँँग सुतेकी आयुश्माको मृत्यु भएको हुँदा  उनकी ७० वर्षीय लालमाया बन्जारीलाई सकुशल उद्दार गरिएको कास्की प्रहरीले जानकारी दिएको छ।

अर्को पहिरोमा पोखरा-२७ आरुपाटामा ३१ वर्षीय हरि सुनारको घर पहिरोले पुरिँदा हरिका ३ वर्षीय छोरा अनमोलको मृत्यु भएको प्रहरीले जनाएको छ।

पहिरोमा हरिको २७ वर्षीया श्रीमती रितु घाइते हुँदा उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको प्रहरीले जानकारी दिएको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

त्यस्तै पहिरोमा हरि र उनकी ९ वर्षीया छोरी अन्जली सुनारलाई सकुशल उद्दार गरिएको भएपनि हरिको घर पहिरोबाट पूूर्ण रुपले क्षति भएको कास्की प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  ०८:०५
प्रतिक्रिया दिनुहोस्