तुलसीपुरमा ८ महिने शिशुको पानीमा डुबेर मृत्यु

मंगलबार, असार ११, २०८१
Honor 600 pro

तुलसीपुर । दाङको तुलसीपुरमा ८ महिने शिशुको पानीमा डुबेर मृत्यु भएको छ। आफ्नै घरको आँगनमा खेल्ने क्रममा पानीमा डुबेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

प्रहरीका अनुसार सोमबार आफ्नै घरको आँगनमा ठूलो प्लास्टिकको बाटामा राखिएको पानीमा खेल्ने क्रममा उनको डुबेर मृत्यु भएको हो। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ गतेरा बस्ने बिना पुनका ८ महिने छोरा सल्लिम पुन हुन् ।

पुनलाई पानीमा डुबेर घाइते भएको अवस्थामा अस्पताल पुर्‍याइएको थियो। तर राप्ती प्रादेशिक अस्पतालमा उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १०:२०
प्रतिक्रिया दिनुहोस्