पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

सोमबार, असार ३, २०८१
Honor 600 pro

भरतपुर । पृथ्वी राजमार्गको मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको छ।

सडक निर्माणका क्रममा खनेका ठाउँमा आज बिहान पहिरो खस्दा राजमार्गमा सवारी साधन आवतजावत रोकिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख निरला भण्डारीले जानकारी दिए ।

उनले अहिले पहिरो पन्छाउने काम जारी रहेको बताए । पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् । रासस।

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  ०८:००
प्रतिक्रिया दिनुहोस्