पत्रकार सन्तोष शुक्लालाई पितृशोक

बुधबार, जेठ २३, २०८१

नेपालगन्ज । भारतको बहराइच जिल्लाको रुपइडिहा घर भएर नेपालगन्जस्थित  रेडियो बागेश्वरी एफएममा कार्यरत पत्रकार सन्तोष शुक्लालाई पितृशोक परेको छ।

Honor x5c

रुपइडिया निवासी शुक्लाका पीता देवशरण शुक्लाको मंगलबार बिहान ९६ वर्षको उमेरमा उपचारकै क्रममा निधन भएको हो ।

रुपiडिया बजार रहेको तत्कालीन केवलपुर गाउँसभाका प्रथम प्रधान समेत रहेका शुक्लाका ५ छोरा र ५ छोरी रहेका छन् । नेपालगन्जको वेस्टर्न कत्था मिलमा स्टोर किपरका रुपमा २८ वर्ष सेवा गरेका शुक्ला हर्नियाबाट ग्रस्त थिए ।

मंगलबार अपरान्हमा नै उनको दाहसंसकार गरिएको छ।

 

 

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  ११:१४
प्रतिक्रिया दिनुहोस्