पत्रकार महासंघको चुनाव सर्दै

मंगलबार, जेठ २२, २०८१
Honor 600 pro

काठमाडौं । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन सर्ने भएको छ। यही २६ जेठमा तय भएको पत्रकार महासंघको निर्वाचन सदस्यताको विवादका कारण सर्ने भएको हो।

पत्रकार महासंघका एक पदाधिकारीका अनुसार सदस्यता विवाद यथावत रहेका कारण जेठ २६ मा हुने भनिएको निर्वाचन जेठको ३२ गतेसम्म हुने देखिएको हो । महासंघमा यस बारेमा छलफल भइरहेको हुँदा सदस्यताको टुंगो लगाएर मात्रै निर्वाचन गराउने ती पदाधिकारीले बताए।

अन्तिम नामावलीको टुंगो लगभग लागिसकेको र निर्वाचन कमिटीलाई बुझाउने तयारी समेत भइसकेको छ।

ती पदाधिकारीले भने-" जिल्लाबाट प्रदेश हुँदै केन्द्रमा आएको नामावलीलाई यथावत राखेर उजुरी परेकामाथिको विवादलाई साम्य पारेर छानबिन समितिले सच्याएर निर्वाचन कमिटीलाई बुझाउने सहमति भएको छ।"

नेपाल प्रेस युनियनले सक्रिय रुपले पत्रकारिता गरिरहेकाको नामावली काटे सशक्त प्रतिकार उत्रिने बताएपछि पत्रकार महासंघले छुटेका र काटिएका सदस्यलाई समावेश गर्ने जनाएको छ।

यसअघि सदस्यता शुद्धीकरण गर्न बनेको धर्मेन्द्र कर्णको नेतृत्वको टोलीले चित्तबुझ्दो काम नगरेपछि अर्को बनेको महासचिव रोशन पुरीको अर्को नेतृत्वको टोलीले छानबिन गरेर तयार पारेको सदस्यता नामावली झनै विवाद आएको थियो।

महासचिव पुरीले नेपाल प्रेस युनियन र अन्य केही संगठनका सदस्यहरु  धेरैजसोको नाम काटेपछि झनै विवाद आएको हो।

 

 

 

 

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १३:३९
प्रतिक्रिया दिनुहोस्