कैलालीमा गर्मी सहन नसक्दा एक युवकको मृत्यु

बिहीबार, जेठ १७, २०८१
honor mob  winter sales

कैलाली । कैलालीमा अत्याधिक गर्मीले एक जनाको मृत्यु भएको छ। 

Honor x7 pad

कैलालीको कैलारी गाउँपालिका- ७ रामपुरका २९ वर्षीय इन्द्रबहादुर रानामगर बर्दियाबाट बसमा घर फर्किने क्रममा अत्याधिक गर्मीले उनको मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ। 

बर्दियाबाट मसुरिया पुगेर पुन: घर जाने हसुलियाको बस चढेर  हसुलिया बजार पुगेर  गर्मीले एकैछिन आराम गर्ने भन्दै बसपार्कमा पल्टिएका इन्द्रबहादुर एकैछिनमा मुर्छित अवस्थामा  भेटिएका थिए। 

तत्काल उनलाई अस्पताल लगिएपनी चिकित्सकले मृत घोषित गरेका थिए। उनको गर्मीले हृदयघात भएको चिकित्सकले जनाएका छन् । कैलालीमा अत्याधिक गर्मीले जनजीवन कष्टकर बनेको छ। आजको कैलालीको तापक्रम ४३ डिग्री माथि पुगेको छ।

 

 

 

 

 

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १७:०७
प्रतिक्रिया दिनुहोस्