काठमाडौं र ललितपुरमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

मंगलबार, जेठ १५, २०८१
honor mob  winter sales

काठमाडौं । काठमाडौं  र ललितपुरमा भएका दुई सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। काठमाडौंको स्वयम्भुस्थित भगवानपाउमा  आज बिहान टिपरले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको काठमाडौं प्रहरीले जनाएको छ।

Honor x7 pad

त्यस्तै ललितपुरको सानेपामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकलको पछाडी बसेका एक जना घाइते भएका छन् ।

काठमाडौं प्रहरीका अनुसार डल्लुबाट स्वयम्भुतर्फ जाँदै गरेको बा५ख १४७१ नम्बरको टिपरले आज बिहान ५ बजे  ठक्कर दिदा सोही दिशातर्फ जाँदै गरेका गोरखा अजिरकोट गाउँपालिकाका ३० वर्षीय साइकल यात्री विकास नेपालीको मृत्यु भएको हो। उनको आज बिहान उपचारका क्रममा मनमोहन अस्पताल मृत्यु भएको हो। प्रहरीले ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ।

त्यसैगरी, सानेपामा बल्खुबाट सातदोबाटोतर्फ जाँदै गरेको बा७४प ९२२१ नम्बरको मोटरसाइकल आज एकाबिहान अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकल चालक रामेछापको मन्थली नगरपालिका-६ का २४ वर्षीय विजय घिसिङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका२६ वर्षीय सन्जय घिसिङको सानेपास्थित स्टार अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

 

 

 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  ०९:५५
प्रतिक्रिया दिनुहोस्