मोटरसाइकल दुर्घटनामा डुम्रे र अर्यालको मृत्यु

शनिबार, जेठ १२, २०८१
honor mob  winter sales

बुटवल । मोटरसाइकल दुर्घटनामा रुपन्देहीमा दुई जनाको मृत्यु भएको छ। रुपन्देहीस्थित बुटवल - भैरहवा ६ लेन सडकखण्डको ड्राइभरटोलीमा मोटरसाइकल दुर्घटना हुँदा तिलोत्तमा-६ का २४ वर्षीय विवेक डम्रेको मृत्री भएको रुपन्देही प्रहरीले जानकारी दिएको छ।

Honor x7 pad

प्रहरीका अनुसार डम्रे सवार लु३१प १६४२ नम्बर मोटरसाइकल अनियन्त्रित भएर ड्राइभर टोलको सडकमा पल्टिएर दुर्घटना हुँदा गम्भीर घाइते भएका डुम्रेको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो।

त्यस्तै बुटवल-२ स्थित बुटवल-मुर्गिया सडकखण्डको जितगढीमा भएको मोटरसाइकल दुर्घटनामा सैनामैना नगरपालिका-४ का ४२ वर्षीय गोबिन्द अर्यालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

अर्याल सवार प्रदेश ३-२००२प२०३६ नम्बरको मोटरसाइकल पनि अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका उनलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको प्रहरीले जानकारी दिएको छ।

अर्यालको आज बिहान नै उपचारका क्रममा मृत्यु भएको रुपन्देही प्रहरीले जानकारी दिएको छ।

 

 

 

 

 

 

 

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  १२:४६
प्रतिक्रिया दिनुहोस्